Skip to content

खुसीहरू सपना भए


खुसीहरू सपना भए
र आँसु यी गहना भए

रहेन क्यै लुटियो सबै
विचार झन् अदना भए

निसासियो मन यो सधैँ
विनासका घटना भए

ऊजाडिए छ वसन्त नै
सुवासहीन् हसना भए

मुहार भो चुपचाप लौ
निराशता ढकना भए

उदाश छन् सब भावना
दुखेर ती रचना भए

सूत्र – lSl Sll SlS
विश्राम – ४ अक्षरमा
छन्द –तालूङ (हिमाल)

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- रोचेस्टर, न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *