समनता
समनताको नारा हेर यहाँ सबले लाउँछन्
दर्शनलाई लत्त्याउँदै ती स्वार्थतिर धाउँछन्
सजिलो छ परिभाषा व्यवहारिकता कठीन
स्वार्थीपनमा रम्नेसँग कसले केनै पाउँछन्
विपन्नता
विपन्नतामा रम्नेलाई सम्पन्नताको स्वाद के नै
सम्पन्नतामा रम्नेलाई विपन्नताको स्वाद के नै
सम्पन्नता, विपन्नता जीवनका भोगाइहरू
भुक्तभोगी नहुनेलाई अहम्ताको स्वाद के नै
सम्पन्नता
सम्पन्नताको महलमा बास
तिनलाई हुन्छ धनको त्रास
गरिबी तनको भोको पेटले
त्यसले खोज्छ पेटभरी गास
सदानन्द अभागी
