Skip to content

बेईमानिले अर्कै संग सागर तरे पछि …

बेईमानिले अर्कै संग सागर तरे पछि
अतीतहरु सम्झी रोएँ एक्लै परे पछि

जुनी जुनी साथ दिन्छु भन्ने बाहानालाई
विस्वास गरें घात भयो आफ्नै चाहानालाई
बेहाल भयो जिन्दगानी घात गरे पछि
अतीतहरु सम्झी रोएँ एक्लै परे पछि

दीयो जले सरि यहाँ जलिराको छु म
जिउँदो लाश बनि फेरि ढलिराको छु म
व्यथा मात्रै बल्झि रहन्छ आसै मरे पछि
अतीतहरु सम्झी रोएँ एक्लै परे पछि

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *