दुनियाको नजरमा तिमी एक वुद्धिमान ठूलो मान्छे भए पनि
हाम्रा लागिरहन्छौ सदा एक अनजान बालक सरी
सम्झ हो यो हाम्रो माया या कमजोरी
चाहन्छौ दिन अर्ती उपदेश मुरी मुरी
जोडिएको छ मनको तार तिमी टाढा भए पनि
अन्तरमनले वर्षाइरहन्छ आर्शिवचन हर घडी
जीवन पथमा दुखको काँडा कहिल्यै नआवोस
सुख समृद्धिको फुलले जीवन सधै मगमगावोस
मामु
जुलाई ३०–२०११
