तिमी आज मेरो सपनीमा आयौ प्रिया
मन्द मुस्कान सहित रातमा छायौ प्रिया
तिमीले मलाई धोका दिएर गईथ्यौ
दुनियाँबाट बदनामि पायौ प्रिया
तिम्ले छाडेपछि बिलकुल एक्लो भाथे
पुरानो प्रेम संझाउन सपनीमा धायौ प्रिया
चोखो माया दिदा अन्तै पल्किएकि थियौ
अरूसगँ सल्किदा खै त के पायौ प्रिया
