Skip to content


तिमी र म बीच दुरी छ
जुन दुरीको जन्म हुन
कसले, कैले गर्भ बोक्यो
थाहा छैन मलाई
नजन्मनुथ्यो जन्मियो
कत्रो आकारको छ र
कति गहिरो, लम्बाई, चौडाइ
भएको छ थाहा छैन
यो दुरीको खाडल
मैले खने कि तिमीले खन्यौ
खन्नुको सार के छ त ?
चाहे जसले खनोस
आखिर खाडल त खाडल हो
यो खाडल अँझ कति गहिरिने छ
बनेको खाडल पुर्न सकिन्छ या सकिदैन
त्यो पनि थाहा छैन यो खाडलले निम्त्याएको
आधी हुरी कतिन्जेल, कहिलेसम्म चल्छ,
चल्नेछ र कति क्षति गर्छ, गर्नेछ
अनायसै बनेको छ या बनाइएको हो
बुझ्न बाकी छ ।

०७०।१२।१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *