Skip to content


शुभकामना छ आएको नयाँ सालको
जरैदेखि ढलुन वृक्ष विकृत चालको

उन्नति प्रगतिपथमा लम्किरहुन
चालेका प्रत्येक पाइलाहरू हालको

सकौं सुविचार पाल्न अधम त्यागी
पूर्ण सदुपयोग गरी भएको कालको

मेची महाकालीसम्म फूलिरहोस
शान्ति कमल फूल नयन तालको

मानव धर्म कायम राखी राखौ
छुटाई र्निदोषहरू दुष्टको जालको ।

०७०।१२।२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *