Skip to content

धेरै मन आशंकामा फाटी रा’को देख्छु


धेरै मन आशंकामा फाटी रा’को देख्छु
थोरै मात्र हाँसो खुसी साटी रा’को देख्छु

छुटे पनि जुटे पनि बाँच्ने आसासँगै
सपनाको डोरी सधैँ बाटी रा’को देख्छु

नयाँ बाटो धेरै मान्छे कुरा नबुझी नै
पुलै बिना नदी तर्न आटी रा’को देख्छु

सबै सामु राम्रो हुन पापै गरे पनि
झुटो बोल्दै साँचो कुरा ढाटी रा’को देख्छु

मनभरि पिर बोकी हाँसोहरू छर्दै
आँसु झार्दै दिनरात काटी रा’को देख्छु

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *