रोक्न चाहे परेलीले अश्रु भेल रोकिएन
किन बग्यो ?आँखाबाट कारणसम्म सोधिएन ।
जसको कुनै मूल्य हुन्न अनमोल हुन्छ त्यही
मोती भए खोजिने थ्यो तर आँशु खोजिएन ।
धेरै लेखेँ धेरै मेटेँ मैले आफ्ना अक्षरहरू
दुईटा अक्षर ‘माया’को यो तृष्णा भने मेटिएन ।
पाईदैन चाहेजति खुसी सधैँ जिन्दगीमा
आजसम्म कति पाएँ नापिएन जोखिएन ।
मैले हारे तिमी जित्छ्यौ तिम्ले हारे मैले जित्छु
यस्तै खेल रैछ “जीवन”दुबै हार्ने परिएन ।
