Skip to content

रोक्न चाहे परेलीले


रोक्न चाहे परेलीले अश्रु भेल रोकिएन
किन बग्यो ?आँखाबाट कारणसम्म सोधिएन ।

जसको कुनै मूल्य हुन्न अनमोल हुन्छ त्यही
मोती भए खोजिने थ्यो तर आँशु खोजिएन ।

धेरै लेखेँ धेरै मेटेँ मैले आफ्ना अक्षरहरू
दुईटा अक्षर ‘माया’को यो तृष्णा भने मेटिएन ।

पाईदैन चाहेजति खुसी सधैँ जिन्दगीमा
आजसम्म कति पाएँ नापिएन जोखिएन ।

मैले हारे तिमी जित्छ्यौ तिम्ले हारे मैले जित्छु
यस्तै खेल रैछ “जीवन”दुबै हार्ने परिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *