Skip to content

तीन हाइकु (पर्खेर बस्दा)



पर्खेर बस्दा
झमक्क रात पर्‍यो
तिमी आएनौँ


शीतले भिज्छ
आशाको फूलहरू
हरेक रात


भिजेको गारो
ओत बिनाको घर
लेऊले ढाक्यो

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *