Skip to content

जनतामा बिश्वास जगाउन सकेनौ


जनतामा विश्वास जगाउन सकेनौ
उस्तै छ गरिबी भगाउन सकेनौ

भोका नाङ्गाको भोटखाइ सपार्यौ जिन्दगी
दुखी ती अनुहारलाई सघाउन सकेनौ

परिस्थिति भजाइ चलाउन खोज्यौ देश
राजनीतिका फोहरहरू बगाउन सकेनौ

भाषणको भरमा चल्यौ सधैभर
कर्तव्यमा आफूलाई लगाउन सकेनौ

कमिसन घुसखोरी अति भो ब्रस्टाचार
खराव ती प्रवृति हटाउन सकेनौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *