साम्नेमा त जस्ले नि हेर्छन्
फर्केर हेरे पो माया हुन्थ्यो
दुनियाँ सबै हतारमा कसैले
पर्खेर हेरे पो माया हुन्थ्यो
जैले नजिक हुँदा न वास्ता न
त माया बढ्छ निकै,
कहिलेकाहीँ कोही कसैले कतै
तर्केर हेरे पो माया हुन्थ्यो
खाली रिसा रिस आँखा तरा
तर् यस्तो हेराई,
के हेर्नु, कसैले त आँखामा प्यार
छर्केर हेरे पो माया हुन्थ्यो
