Skip to content

चौबन्दीको तुना फुकाएर नहिड न


चौबन्दीको तुना फुकाएर नहिड न
आफ्नो बाटो आफै उकाएर नहिड न

दुनियाको तालसँग आफ्नो चाल फेर्दै
आफ्नोपन आफै लुकाएर नहिड न

नौलो बाटो नौलो यात्रा स्वयं बिर्सिएर
आफ्नो शीर आफै झुकाएर नहिड न

जताततै चुहिएर बाटो अल्मलिदै
आफ्नो ताल आफै सुकाएर नहिड न

अस्तित्वको रंगहरू मिलाएर भर्ने बेला
आफ्नो मौका आफै चुकाएर नहिड न

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *