नहुनेको एक छाक खाने नुनै प्यारो हुन्छ
हुनेलाई हिरामोती पैसा सुनै प्यारो हुन्छ
साँझ पछि अँधेरीमा टाढै बाट साथ दिने
सुखी दु:खी दुवैलाई तारा जुनै प्यारो हुन्छ
सुखी दु:खी दिनभरि वेग्लै रुप भए पनि
रात संगै चिसो बढ्दा न्यानो उनै प्यारो हुन्छ
नमिल्ने ती छाँयाहरु वियोगले जलेपछि
खुसीहरू आँसु संगै झार्ने धुनै प्यारो हुन्छ
मरिजाने चोला हाम्रो कसैलाई नपिरौं है
बाँचुन्जेली जिन्दगीमा मीठो गुनै प्यारो हुन्छ
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर
