पैसाको अभावमा
तीर्खाएको मनहरु
सधैं तीर्खाइ रहे
प्यास कदापी मेटीएन
गन्तव्य तिर
अघी सारेको पाइला
खुल्ला बाटोमा तेसै रोकियो
अद्रिश्य शक्तिशाली तगारो
आभावले खोल्न सकेन
यसरी नै पैसाको अभावमा
धेरै मान्छेको
मनहरु
तनहरु
कुजे परेका छन
नपाकी झरेका छन
तड्पि तड्पि
सडेका छन
मरेका छन
तन र मन पूर्णरुपमा
कुजे नपरे पनि
कुनै एक शरिरको अंगले
काम गरेको छैन
त्यसैले त कर परेको छैन
पैसा नभएर
हरेक मान्छेको रुप
संसार भरी नै
उस्तै गरी नै
बिग्रिएको छ
कोही अन्धो भएको छ
कोही लङ्गडो भएको छ
कोही बहिरो भएको छ
कोही लाटो भएको छ
बोली फुटे पनि
धेरैको स्वर भासिएको छ
कसैको अस्तित्व मासीएको छ
विचरा मान्छेको घाइते मन
विचरा मान्छेको कुरुप तन
अपाङ्ग भए पछि
हुनु परेको बिजोक
बिजोक भए पछि
भोग्नु परेको दुर्दशा
सहेर सास फेरि रहन्छ
सास फेर्दा फेर्दै
अपाङ्ग अनी कुजे परेको तन
असीमित चाहनाले भरिएको तर खोक्रो मन
कुनै पल सुन्यतामा
सपाङ्ग नहुँदै
ओझेल परेर जान्छ
बिलिन भएर जान्छ
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर
