Skip to content

“आँफै पागल”

एउटा मान्छे
कोठाको झ्यालबाट
एक टकले
शुन्य क्षितिज हेरिरह्यो
बेला बेला मुस्कुराउँदै
पागल जस्तै
निरन्तर उस्तै गरी
एकोहोरो हेरिरह्यो
बेला बेला हाँसिरह्यो
किनभने
मलाई शुन्य लाग्ने त्यो क्षितिज
शुन्य थिएन
रित्तो थिएन
त्यसैले त्यो मान्छे पागल जस्तै
शुन्य क्षितिजमा
जीवनको रङ्गहरु देखेर
पूर्णताहरु बुझेर
हाँसिरह्यो पागल जस्तै
हेरिरह्यो पागल जस्तै
तर

केही कुरा नबुझी
बुझ्न नखोजी
सज्जन मान्छेलाई
सन्तुलित मस्तिस्कलाई
स्वयम् मुर्ख बनेर
पागल देखिरहें
पागल सोचिरहें
हेर्न नजानेर
बुझ्न नसकेर
आँफै पागल भएको मलाई थाहा नै भएन

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *