Skip to content


आउन खोजेँ तिम्रो सामु, अन्जान बनी तर्किदियौ
सम्बोधन त बाँकी थियो, एक वचन मै झर्किदियौ

अन्जानबाटै शुरु हुन्छ, चोखो प्रेमको गाथा पनि
अछुतो त छैनौ था’छ, होला तिम्रै कथा पनि
अन्तै कतै अमृत पिलाइ, यता बिष छर्किदियौ
सम्बोधन त बाँकी थियो, एक वचन मै झर्किदियौ

यति कठोर मुटु तिम्रो, कुन तत्वले पगालुँ म
कहाँ लगि बिवश बनाउँ, कुन साहसले अंगालुँ म
यो आँखाको विनम्रता, नदेखेझै फर्किदियौ
सम्बोधन त बाँकी थियो, एक वचन मै झर्किदियौ
आउन खोजेँ तिम्रोसामु, अन्जान बनी तर्किदियौ

अनिश्चित यात्री (कमल तुम्सा लिम्बु)
कुरुले-३, धनकुटा
मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *