झुटो रंगमंचमा नचाई दियौ किन ?
उखेली फाल्नु थियो भचाई दियौ किन ?
ळथालिङ्गै मात्र पार्यौ मीठो कुरा गर्दै
आँसु नरोक्ने खेल रचाई दियौ किन ?
बिना कसुर उल्टै फतुर लगाएर
बेइजतीको हल्ला मचाई दियौ किन ?
रेट्यौ मेरो मन मुटु तिम्रै भर पर्दा
स्वार्थ सँगै सपना पचाई दियौ किन?
जिन्दगीको सारा मेरो खुसीहरू लुटी
ज्यूँदो लाश बनाई बचाई दियौ किन ?
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर
