यति धेरै मन दुखेको थाहा कसलाई होला
ओठ तालु सब सुकेको थाहा कसलाई होला
दुनियालाई यति चाढै भन्न मात्रै सकिएन
तिम्रो मनमा म लुकेको थाहा कसलाई होला
यति माया गर्छौ हामी आज एक अर्कालाई
भगवान नि चुकेको थाहा कसलाई होला
चोखो अनि पवित्र यो माया को संसारमा
यो दुनिया नि झुकेको थाहा कसलाई होला
विसं २०७१/१/१२
गाइघाट

व्याख्या होईन
व्याख्या होईन परिवर्तन गरेर देखाउ ।
सिद्धान्त होईन प्रयोगमा ढालेर देखाउ ।।
धेरै हेरियो सुनियो तिम्रो राईं र दाईं
भाषण होईन अव कर्म उतारेर देखाउ ।।
पीडामा कति जलाउछौ मातृभुमीलाई
चोट होईन उनमा प्राण भरेर देखाउ ।।
छाडिदेउ लुटतन्त्र जनता नाङ्गा भैसके
स्वार्थ होईन सेवामा अघि सरेर देखाउ ।।
गहुंसंगै घुनहरु धेरै पिसिसक्यौ यहां
मारेर होईन अरु आफु मरेर देखाउ ।। hal khadi mulak nakash magar rolapa uwa