आऊ अब मिलौँ गाऔं मिठा मिठा प्रीतका भाकाहरू
आऊ सबै मिलौँ अब कोरौं तिता मिठा रीतका खाकाहरू
यो कालो अँध्यारोलाई उघारी मनले बालौं अब ऊज्यालो
कतै ग्रहण छ भने पनि पन्छाई बनाऔं अब सव उज्यालो
बन्द गरौँ अनिष्टका ती दुख:दायी सबै चोर बाटाहरू
नउप्काउँ अब ती दुख:मा मुटुमा गाढ़िएका खाटाहरू
मन खुम्च्याएर सहनु पर्छ मेटेर मेटिन्नन आला टाटाहरू
फुकाऔं सबैले अब कसिएका मनभित्रका ती गाँठाहरू
अब ती गल्तीहरू पनि धोई पखाली सबै निचोरी सपारौं
प्रायश्चितका कर जोरी हजुर सबमा बिन्ती यो विसाऔं
आऊ अब मिलौँ गाऔं मिठा मिठा प्रीतका भाकाहरू
आऊ सबै मिलौँ अब कोरौं तिता मिठा रीतका खाकाहरू
