Skip to content

बिर्सनै नसकिने स्रष्टा भीमनिधि तिवारी

  • by


उमेर गणना गर्ने हो भने भीमनिधि तिवारी धेरै बाँच्नु भएन । १९६८ सालको फागुन ३० गते काठमाडौँको डिल्लीबजारमा जन्मिनु भएका तिवारीको २०३० सालको जेठ १९ गते निधन भयो । विषाक्त रक्तरोगको उपचार गर्न नपाएर ६२ वर्षको उमेरमै उहाँको निधन भयो । साहित्य साधना र सिर्जनामा जीवनको चार दशक बिताउनुभएका भीमनिधि तिवारी जस्ता स्रष्टाले उपचारमा समेत यो मुलुकले ध्यान नदिएको उदाहरण बन्नुभयो उहाँ । बाँचुञ्जेलको जीवनलाई सक्रिय र सिर्जनशील भएर बाँच्नुपर्छ, आˆनो भाषा र साहित्यका लागि सक्दो गर्नुपर्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेर जानुभयो भीमनिधि तिवारीले धेरै कृति लेख्ने र छपाउने स्रष्टाको रूपमा आफूलाई चिनाउने उहाँले हात नहालेको विधा पाउनै गाह्रो पर्छ ।

“राम्रो अनुहार, ठूलो निधार, ओठमाथि केही कलात्मक जुङ्गा, मझौला कदका, सेतो मयलपोश सुरुवाल, कालोकोट, कालो भादगाउँले टोपी, कालो जुत्ता र सधैँ उर्दीमा हिँडेजस्तो, कोटको बायाँपट्टकिो माथिल्लो खल्तीबाट सेता रूमाल बुट्टेदार रूपमा बाहिरपट्ट िचियाएको जस्तो, त्यस्तै दायाँपट्ट िसानो फूल घुसारेको, सफा सुघ्घरमा विशेष ध्यान दिने, शरीरमा टक्क मिलेको सफा लुगाले व्यक्तित्वमा भव्यता थपेको, आँखामा चश्मा, ठूला-ठूला आँखा, मीठो बोली सधैँजस्तो साइकल गुडाउने तर विस्तारै भलादमी पाराले, कहिले साइकल डोर्‍याउने, सभा सम्मेलन र कविगोष्ठीमा मीठोसँग कविता पाठ गर्ने, मयलपोशको दुवै फेर बराबर तन्काइरहने, कहिले काहीँ कुम उचाल्ने एउटा भव्य व्यक्तित्व काठमाडौँको डिल्लीबजार, सिंहदरबार पुतली सडकमा यता गर्दा, त्यो देख्ता कुनै एक महान् नाटकका एक प्रमुख पात्र -नायक स्वयं नै), एक भारदारी व्यक्तित्व, एक ठूला कवि, एक सौन्दर्यपि्रय सज्जन, एक सभ्य, भलादमी नागरिक देखिन्थे- ती हुन् भीमनिधि तिवारी ।” साहित्यकार शिवगोपाल रिसालको यो शब्दचित्रबाट भीमनिधिको बाहिरी व्यक्तित्व प्रष्ट हुन्छ । साहित्यकार भीमनिधि तिवारीको व्यक्तित्वका सन्दर्भमा धेरैजसो विद्वान्, समालोचकले गुणलाई भन्दा सङ्ख्यालाई बढी ध्यान दिने स्रष्टाको रूपमा परिचय दिएका छन् । कतिपय विद्वान्हरू स्रष्टा तिवारीको साहित्यले सर्वसाधारणसम्मलाई आकषिर्त गरेकोेले उनको साहित्यिक महìव उच्च भएको विचारसमेत व्यक्त गरेका छन् ।

‘पन्ध्र तारा र नेपाली साहित्य’ का लेखक कृष्णप्रसाद पराजुली भन्नुहुन्छ- “भीमनिधि तिवारीका कृतिमा गुणभन्दा मात्रा बढी हुन्छ, आन्तरिक चित्रभन्दा बढी उनी तस्वीर दिन्छन्- यसैले उनका कृतिले मानसिक उथलपुथल ल्याउन नसकेको खोट लागेको छ । अरू पक्षमा भने उनी प्रशंसनीय छन् । तिवारीलाई सामाजिक उपयोगिताका दृष्टिले पनि हेर्नुपर्छ । अशिक्षित र अविकसित समाजमा उनका कृतिले मध्यम स्तरमा निकै महìव राखेका छन् । यस तहमा साधारण पाठकबाट समकाभन्दा यिनका नाटक बढी पढिन्छन्, कथाहरू मन पराइन्छन् । विचार र अभिव्यक्ति पनि सरल हुन्छ । उनलाई यो जसको पाती पनि लगाइदिनुपर्छ ।

भीमनिधि तिवारीले धेरै कथा लेख्नुभयो, धेरै नाटक लेख्नुभयो र काव्य-कविता पनि त्यत्तिकै । ‘अमरपुत्र’ जस्तो सशक्त कथा ‘शिलान्यास’ जस्तो नाटक र २०१७ सालमै मदन पुरस्कार जित्ने ‘विस्फोट’ -काव्य) आदिबाट मात्र पनि साहित्यकार तिवारीको साहित्यिक विशिष्टता झल्कन्छ । लेखेजति सबै राम्रा कुनै पनि स्रष्टाको हुँदैन । शङ्कर कोइरालाका असङ्ख्य कृतिहरूमध्ये ‘खैरेनीघाट’ ले नै शङ्कर कोइराला बनाइदियो, देवकोटाका त्यत्रा कृतिहरू भएपनि ‘मुनामदन’ले नै महाकवि देवकोटालाई शिखरमा पुर्‍याइदियो ।

१९९१ सालमा ‘गोरखापत्र’मा ‘सूर्यघाट’ शीर्षकको कविताबाट थालिएको भीमनिधि तिवारीको साहित्यिक यात्राले उहाँको जीवनको अन्तिम समयसम्म विश्राम लिएन । कथा, कविता, निबन्ध-प्रबन्ध, नाटक एकाङ्की प्रशस्त लेख्ने तिवारीको साहित्यिक परिचय बढी मात्रामा नाट्य विधामै छाएको छ । वि.सं. १९९५ सालमै ‘शिलान्यास’ नाटक प्रकाशित गराउने तिवारीका अन्य नाटक एकाङ्कीका कृतिहरूमा आदर्श जीवन -२००८), पुतली -१९९९) काशीवास -१९९८, किसान -२०१०), नैनीका राम -२००४ पाँच ऐतिहासिक एकाङ्की, विवाह, एकांकी पल्लव, सत्य हरिश्चन्द्र, नोकर, इन्द्र धनुष, सिद्धार्थ गौतम, चौतारा लक्ष्मी नारायण, माटोको माया, महाराज भूपतीन्द्र, आत्महत्या रहेका छन् । नेपाली सामाजिक कहानी जेठोदेखि मन्तरेसम्म गरी १० वटा, बयासी र बीस गजल, बयासी भजन गरी दुई वटा गीत सङ्ग्रह र ‘पन्ध्र प्रबन्ध’ नामक प्रबन्ध सङ्ग्रह प्रकाशित छ । यस्तै, तर्पण, कवितानन्द, १२ शिक्षा यशश्वी शव, विस्फोट, कविता कुञ्ज, सिंहदरबार, तिवारी सूक्ति सङ्ग्रह, चाडवाड तिवारीका अप्रकाशित कविता, बत्तीस पुतली, तितौरा र मस्यौरा गरी एकदर्जन काव्य कविताका स्रष्टा तिवारीको ‘इन्साफ’ नामक उपन्यास प्रकाशित भइसकेको छ ।

साहित्यकार भीमनीति तिवारीका बारेमा वरिष्ठ समालोचक कृष्णचन्द्र सिंह प्रधान लेख्नुहुन्छ -“भीमनीधिलाई उनका कृतित्वले चिनाउने साहित्यकारको सगोलरूप हो । सहजता नाटकमा पनि तिनै भीमनीधिको अवस्थिति छ र व्यवहारिक जीवनमा खेपिरहने मान्छेको प्रतिकृतिलाई त्यसरी नै ठीक दुरुस्त किसिमले उतार्ने गर्छन् । अकृत्रिमताको स्वरूप, वास्तविकताकेा परिवेश र स्वभाविकताले रच्ने तद्नुरूपको जीवन्तता उनको चित्रण सहजनता हो । त्यसैले सीप भन्नेबित्तिकै हामीले ठान्ने गरेको कुँदकाँद, ताछ्नुछ, काँटछाँट र अनि कैयौँ सिङ्गारपटार, कैयौँ चिटिकमिटिक परेका बान्कीहरू आउँछन् । होइन त भन्दैनौँ । भीमनिधिमा भनाइको अदभूतता होइन चमत्कारिक प्रस्तुति पनि होइन उपमेय कथ्य र आलङ्कारिक भाषा पनि होइन । यिनीहरू पनि उनको प्रयोगमा सहज अभिव्यक्तिसरि सान्दर्भिक भएर अति व्यवहारिक र खारिएर निस्केका कथन स्वतः स्फूर्त र सहज हुन्छन् ।

नेपाली भाषा र साहित्यको क्षेत्रमा भीमनिधि तिवारीले विभिन्न विधामा छरिएर कलम चलाएजस्तै उहाँका बारेमा विभिन्न विद्वान लेखकहरूले त्यत्तिकै लेख्नुभएको छ । बाँचुञ्जेल उपेक्षाको जीवन बाँच्ने स्रष्टाहरूको निर्यात जस्तै तिवारीले पनि भोग्नुपर्‍यो । लेखनमा मात्र सक्रिय रहन पाएको भए भीमनिधिको कलमबाट नेपाली साहित्यले मनग्गे कृति पाउने थियो । १००५ सालमा ‘नेपाली साहित्य पे्रस’ को स्थापना गर्ने तिवारी १९९६ मा घरेलु इलम प्रसारक अड्डामा जागिरे हुनुभयो, २००४ सालदेखि नेपाली भाषानुवाद परिषद्मा स्थानान्तरण हुनुभएका उहाँ २००८ सालमा मन्त्रीमण्डलको निर्णयद्वारा सुप्रसिद्ध नाटककार र कवि भन्ने निर्णय गरी मासिक तलबमा दोब्बर वृद्धि गरी नेपाली भाषा प्रकाशिनी समितिमा ग्रन्थकारको दर्जामा नियुक्त हुनुभयो । शिक्षा विभाग, मन्त्रालय, गृह पञ्चायक मन्त्रालय सम्मान रहेर लामो जागिरे जीवन बिताउनुभयो उहाँले ।

राष्ट्रका लागि, भाषा साहित्यका लागि योगदान दिने व्यक्तित्व सम्झना गर्न पनि आˆनै परिवार अघि सर्नुपर्ने स्थिति छ हामीकहाँ । भीमनिधि र भीमनिधि जस्ता स्रष्टालाई सम्झन र उहाँहरूको नाममा केही गर्न उहाँहरूकै परिवार अघि सर्नुपर्ने स्थिति छ । बेञ्जू शर्मा, मञ्जू काँचुलीजस्ता सशक्त हस्ताक्षरका पिता भीमनिधि तिवारीको योगदान, कृति नेपाली भाषा र साहित्यले बिर्सन सक्दैन र बिर्सनु पनि हुँदैन । साहित्यमा जीवन समर्पित गर्ने भीमनिधि तिवारी जस्ता स्रष्टाहरू वन्दनीय छन्, अनुकरणीय छन्, उल्लेख्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *