तिमी जस्तो म,म जस्तो तिमी हुन सक्दैनौ
अशान्तिमा आपसको मनमेटाव धुन सक्दैनौ
कि वारि कि त पारी भएको जाती हुन्थ्यो
मझधारमा रुमलिई हाँस्न अनि रुन सक्दैनौ ।।१।।
जस्ले देख्यो नराम्रो उसलाई भन्नु केही छैन
जस्तो बोल्यो त्यस्तै बोल्ने कदापि बन्नु छैन
ज्ञात नभएको हैन परिन्छ कुनै दिन आफै
जानाजानी पुर्न नसकिने खाडल खन्नु छैन ।।२।।
जे अरुसँग भयो मसँग होला विश्वास गरिन मैले
आश्र्चयमा परे धेरै अह हृदय मरुभूमिले भरिन मैले
जस्को बुद्धिले जति भ्याउँछ त्यतिनै गर्दो रैछ भनी
आफ्नो चित्त बुझाए तर कदापि दागा धरिन मैले ।।३।।

भावना बहिनी सेवारो ।
कवितामा
भावना बहिनी सेवारो ।
कवितामा अब अलिक उचाइ थपिन थालेको छ । यो उचाइमा लेखन पनि ठिक हुन सके सुनमा सुगन्ध हुन सक्ने देखिन्छ ।
मेरो पनि…..,प्रतिक्रीयाको
मेरो पनि…..,प्रतिक्रीयाको लागी धन्यवाद,जरुर हुनेछ,पाएको सुझाव ध्यानमा राखी आगामी दिनमा अभ्यासका साथ प्रयास गर्नेछु ।
भावनामा बग्ने मान्छेले कता के
भावनामा बग्ने मान्छेले कता के कसले पठायाे केही ध्यानै राख्ताे रहेनछ है भावना बहिनी । किनभने मैले तपाईको कवितामा जे प्रतिकृया दिएको थिएँ त्यसकाे माथि तपाईले २३ दिनपछि टिप्पणी गरेको देखियो । मझेरीमा यत्रो लामो विश्राम लिनु भएको कि फुर्सद नपाएर हो । जानकारी दिए हुने ।
होम जी नमस्कार, तपाइले
होम जी नमस्कार, तपाइले प्रतिक्रिया दिनु भएकोमा मैले जवाफ दिन किन ढिला भयो भन्ने बारेमा मैले तपाइलाई https://www.majheri.com/node/14311#comment-12968 मा दिएको प्रतिक्रिया नै काफी छैन र ? तपाईलाई अग्रज भएको नाताले पनि ढिला हुन गएकोमा माफी माग्नु पर्ने थियो होला म समय चोर परे ।