Skip to content


जति-जति सम्झ्यो तिमीलाई, झनै बैराग्यले छुन्छ
नैराश्यता एक्लोपनको, जिउदै जलेसरि हुन्छ

सिउँदो तिम्रो रंगिदिदा, पराईको हातबाट
खै कसरी सहें हुँला, छुट्दा तिम्रो साथबाट
अँझै पनि तिम्रो याद, ताजा बनी किन रुन्छ
नैराश्यता एक्लोपनको, जिउदै जलेसरि हुन्छ

औलाको यो खाटा अँझै, बल्झिदिन्छ पलपल
रगतले पिरोल्दछ, सपनीमा हरपल
न त तिम्रो सिउदोलेनै, न त अब मनले सुन्छ
नैराश्यता एक्लोपनको, जिउदै जलेसरि हुन्छ
जति-जति सम्झ्यो तिमीलाई, झनै बैराग्यले छुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *