Skip to content

कविशिरोमणि लेखनाथ पौडेलको दुई शतबार्षिकीको स्मरण


कविशिरोमणि लेखनाथको दुई शतबार्षिकीको बारेमा साहित्यकार मुक्तिराम ढकालले कविशिरोमणि लेखनाथको व्यक्तित्व, कृतित्व माथि प्रकाश पार्नुभएको थियो । साहित्य आफ्नै गतिमा बढ्छ, साहित्यले मानवलाई सिर्जनशील बनाउँछ, समाजको परिवर्तनलाई समाउँछ र आधुनिकता दिन्छ भन्दै लेखनाजीको बहुआयमिक व्यक्तित्वको बारेमा प्रष्टाउनु भएको थियो ।

लेखनाथको जन्म वि.सं. १९४१मा कास्की जिललामा भएको, नेपाली र संस्कृत दुवै भाषामा कविता लेख्न सक्ने क्षमता भएको व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । त्यस समयमा नेपाली साहित्यमा हलन्त बहिस्कार तथा हलन्त हुनुपर्छ भन्ने अवधारणा आएको र लेखनाथले हलन्त बहिस्कारमा आफूलाई उभ्याएको । नेपाली कवितामा आधुनिकता दिनेकाम भएको आदि विविध पक्षमा प्रकाश पार्नुभयो ।

बरिष्ठ छन्देली कवि गोविन्दराज विनोदीले ‘दीपकजीको साहित्य र व्यक्तित्वको उच्चाई भनेको उहाँको सरलता हो । उहाँ सरल व्याक्ति हुनुहुन्छ र उहाँको लेखाई पनि सरल छ । उहाँका कवितामा व्यङ्ग पाइन्छ, राष्ट्रप्रतिको अभिव्यक्ति पनि गहन छ । प्रजातन्त्र आए पछि पनि साहित्य र साहित्यकारप्रति सरकारको दृष्टिकोण सकरात्मक देखिएन, भनिन्छ साहित्य नभएको देश मुर्दा हो, जेहोस हामी सबै आशावादी हुनु पर्दछ । निराशावादी हुनुहुन्न र निरन्तरतालाई छाड्न हुन्न भन्नुभयो ।’

प्रमुख अतिथि निर्मोही व्यासले दीपक सोतीको भूरी भूरी प्रशंशा गर्दै साहित्यिक क्षेत्रमा धेरै धेरै लेख्दैमा प्रशिद्धि पाइदैन लेखन उत्कृष्ट भएमा थोरै लेख भए पनि त्यो लेखले उच्चाइ छुन्छ । दीपक सोतीको क्रान्ति कविताका हरफहरूलाई (… भोकलागे होटेल जिन्दावाद, पीर लागे बोत्तल जिन्दावाद, बोत्तल लागे साह्री जिन्दा, तीन चिजको अधिकारी हेर म कति क्रान्तिकारी) प्रष्ट्याउँदै प्रगतीशील लेखक हुँ भन्नेहरूले पनि दीपक सोतीको जस्तो प्रगतिशील कविता लेखेको पाइदैन भन्नुभयो. । आफ्नो प्रतिभालाई कुण्ठित पार्न हुँदैन । कलमलाई निरन्तरता दिनु पर्छ, उहाँको अभिव्यक्ति थियो ।

सभापतिको आसनबाट दीपक सोतीले आफ्ना जीवनका घटनाक्रमलाई जोडदै साहित्यिक क्षेत्रमा लामो समयदेखि लागि परेको र मानिसले केही नगरी बस्न सक्दैन र म पनि साहित्यमा नलागि बस्न सक्दिन, साहित्यको उत्थानको लागि भैंसी बेचेर कवि गोष्ठी गरेको, एक एक माना चामल उठाएर पनि साहित्यिक कार्यक्रम चलाएको भन्दै आफ्नो लामो साहित्यिक यात्राको बारेमा प्रष्ट्याउँदै सभा विसर्जन गर्नुभयो ।

कार्यक्रममा मन्तव्य, कविता, गजल, कथा वाचन, गीत गायन समेत भएको थियो । वर्षाको कारणले गर्दा जुनरूपमा कार्यक्रम सञ्चालन गर्ने उदेश्य लिइएको थियो । उपस्थिति सो रूपमा हुन त सकेन तर पनि साहित्यकार साहित्य प्रेमी जनहरूको सहभागिता सन्तोष जनकै थियो । कविता गजल, गीत, कथा वाचन गर्नेहरूको उपस्थिति यसप्रकार थियो –

अविरल परियार, प्रेम बस्नेत, अर्जुन अविरल, टीका पोख्रेल, निक पौडेल, सुरेस सत्याल, श्रीमती सीता सोती, खेम प्रसाद काफ्ले, शोकराम महत्व, भागवत शरण, हेमराज महत्त्व, कल्पना कुवर, हिमलाल चापागाई(साधना–संगमका सभापति) मुक्तिराम ढकाल, रामहरि शर्मा सराह, लोकनाथ खरेल, मोहित पौडेल, राधा पाण्डे, लीला राना, धनबहादुर मास्के, रामहरि शर्मा गैरे, सदानन्द अभागी, दीपक सोती, निर्मोही व्यास, आदि ।

हिमालाल चापागाई साधाना–संगमका संस्थापन कालदेखि नै सभापति हुनुहुन्छ तापनि समय समयमा उहाँको उपस्थिति हुँदाहुँदै पनि अग्रजहरूलाई सम्मान सहित सभापति बनाएको र आफू कार्यक्रम सञ्चालकको रूपमा उभिएको देखिन्छ । यहाँ पनि उहाँले शकार्यक्रम गर्नुभएको थियो ।

यो कार्यक्रम छोटो तर मीठो र सारगर्भित थियो । साधाना–संगमको स्थापना कालदेखि आजसम्मको कार्यक्रम निरंतररूपमा सञ्चालन भएकोमा सभापति तथा समितिमा रहने सबै महानुभावहरू धन्यवादका पात्र हुनुहुन्छ ।

धन्यवाद,
कावासोती नगरपालिका बडा नं ७ शान्तिचोक, नवलपरासी

1 thought on “कविशिरोमणि लेखनाथ पौडेलको दुई शतबार्षिकीको स्मरण”

  1. सदानन्दजी यसरी एक विशिष्ट
    सदानन्दजी यसरी एक विशिष्ट विषयमा कलम चलाएर हामीजस्ता साहित्यिक पाठकरहरुलाइ खुराक पुगेकाे मैले ठानेकाे छु । तपाइँबाट यस्तै सामग्री पाइरहेकाे छु । पढेर ज्ञानकाे सीमा बढिरहेकाे पनि ठानेकाे छु । भाेलिका दिनमा पनि यस्तै सामग्रीहरुकाे अपेक्षा गरेकाे छु । नमस्कार । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *