तिमी सँगै चियाबारी डुलेर छुटें
भन्नै पर्ने कुरा चाँही भुलेर छुटें
हामी सँगै गोदावरी घुमेको पल
फूल हेर्दै तिमीसित झुलेर छुटें
नखोलेरै तिमीसँग मनको कुरा
तिम्रो बाटो अर्कै सँग खुलेर छुटें
कुहिरोले छोपिएको हिमाल सरि
चाहनाको हिउँ व्यर्थै चुलेर छुटें
तिमीसँग यात्रा गर्ने रहर सँगै
बित्यो बेला सेतै केश फुलेर छुटें
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर
