सृष्टि पछि
व्रिद्दि विकास सँगै
एउटा फूल
जिङ्ग्रिङ्गै हुन्छ
तर विचलित नभई
जिङ्ग्ग्रिङ्गै हाँगाहरु सम्हालेर
ठिङ्ग उभिरहन्छ
क्षितिज हेरिरहन्छ
जीवनको रातहरु पार गर्दै
रातको रातमा खुसि भर्दै
आफ्नो रुप बदलि रहन्छ
क्रमश:
पालुवा फेर्दै रंग फेर्छ
रंग फेर्दै फुल्छ
अनि
फूलहरु एक-एक गरि झर्छन
पातहरु बुरुरु- बुरुरु झर्छन
अखिरमा फूलको बोट
फेरि जिङ्ग्रिङ्ग नै हुन्छ
फेरि विचलित नभई
जिङ्ग्रिङ्गै सम्हालिंदै
ठिङ्ग उभिएर
क्षितिज हेरिरहन्छ
एक टकले क्षितिज हेरिरहन्छ
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर
