Skip to content

बाँदरका हातमा नरिवल

बनमा मात्र यी बाँदरले दुख पाए भनेर रचनाकारले अाफ्नै घरमै भित्र्याए । मिठाे मसिनाे खान पाएका बाँदर सारै राम्रो गरी फस्टाए । तर उनीहरुकाे चाेर्ने बानी र अर्काको देखि नसहने बानीलाइ भने उनीहरुले दबाएर मात्र राखेका थिए । बग‌ैचामा अाँपका रुखमा उपद्रब मचाउन नपाएर उनीहरुकाे मन पिराेलिएकाे गियाे । अारुहरु पाकेर मात्र खान अराइएकाे थियाे । काँचै फलफूल नटिप्ने उर्दी थियाे । एक दिन उनीहरुले बग‌ैचामा पाक्न लागेकाे कटहरमा अाँखा गयाे । अरुले नै खाला भन्ने डरले बाँदरकाे डफ्फा पसेर पाक्न लागेकाे कटहरुकाे बाेटमा चढेर साेत्तर पारे । बिहान रचनाकारले जब देखे उनलाइ रिस उठ्यो तिमी जङगली हौ तिम्रो ठाउँ यहाँ हैन रहेछ । जाउ जङ्गलमै जाउ भनेर जङ्गल खेदिएका ती बाँदरहरु फेरि जङ्गलमा पस्न र उपद्रब गर्ने जुक्ती साेच्तै दरबारबाट बाहिर लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *