यही २०७१ साल माघ २४ गते शनिबारका दिन उपन्यासकार कृष्ण अविरलसँग कोहलपुरका स्रष्टाहरूले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
पूर्णिमा साहित्य प्रतिष्ठानको साप्ताहिक कार्यक्रम अन्तर्गत उपन्यासकार कृष्ण अविरलले आफ्नो नवौ कृति तथा नयाँ उपन्यास रक्तविजका बारेका आफ्ना अनुभवहरू सुनाए । उनले अनुसन्धानमूलक कृति लेख्न ज्यादै चुनौती रहेको बताए । उनका रक्तकुण्ड, जल्लादको मन, विषपुरुष, लाल चुडी, शाहवंशको शल्यक्रिया लगायतका कृतिहरू प्रकाशन भै सेकेका छन ।
सो कार्यक्रममा सागर गैरे, महानन्द ढकाल, देवकी निरौला, पुष्कर रिजाल, कपिल अञ्जान, देवेन्द्र आचार्य लगायतका साहित्यकारहरूको सहभागिता रहेको थियो ।
अविरलले यस क्षेत्रका विषयवस्तुहरूलाई प्रकाशनका निम्ति सक्दो सहयोग गर्ने वताएका थिए । साप्ताहिक कार्यक्रम अन्तर्गत आख्यानकार कृष्ण अविरल कोहलपुरमा आएका थिए ।
कपिल अन्जान
कोहलपुर, बाँके
