यो भाग्यलाई आज, गाली दिन मन छ
खुचिंग पर्यो भन्दै, ताली दिन मन छ
मिल्ने भए साट्न, पहिल्यै साटि सक्थे
निकालेर यादहरूलाई, फाली दिन मन छ
कत्तीसम्म सकेकाहुन, झस्काउन मलाई
मेटाउन ती सम्झना, बाली दिन मन छ
जति सक्छौ आऊ यहाँ, सपनी बिपनी भित्र
तिमी आउने मुल बाटो, टाली दिन मन छ
रन्जना न्यौपाने
चरिकोट, दोलखा

gajal
यै राष्ट्रको भलो हुने सधै गीत गाउछु म त
यै राष्ट्रको माटोसँग माया प्रीती लाउछु म त
मिहिनेत गर्यौ भने हिरा मोती यही फल्छ
शुभ्- सन्देश सुनाउदै पूर्ब पश्चिम धाउछु म त
बिदेशिको मोहमनै भौतारिनु छैन मलाई
जस्तो हुन्छ यै देशमा आत्मा शान्ती पाउछु म त
म्रीत्युपछी पुन :जन्म पाउछ भने मानिसले
फेरी पनि नेपाल कै भू-स्व र्गमा आउछु म त
उठाएर माटो अब प्रण गर्छे जिज्ञाशुले
यै देशमा प्यारो राष्ट्रियता झल्काउछु म त