कहिले स्कुलको परिसर नदेखेका अभिभावकसमेत ताउरमाउरका साथ विद्यालयभित्र छिरे । कहिले शिर नझुकाउने जुँगामुठे हजुरबुवा जम्ला हात गरेको गर्यै पाले दाइ उभिने ठाउँमा (गेटमा) खडा छन् । उनी पो पालेका रूपमा त आएनन् ! मनमा कुरा खेल्न थाले । कुरा त्यसो थिएन । उनको सफा र महङ्गो पहिरनले पाले भन्न दिएको थिएन ।
देख्छु, परिसर बाहिर नै कागजको टुक्रो बाड्दै मुशहरू काका समेत झुकिरहेका छन् । उनका नजिक नमस्कार गर्ने मुद्रामा अरू तीन जना खडा छन् । पढाउने बेलामा सधैं घाम तापेर “तूँसभ पढन रे, कथिला दिमाख खाइछी”१ भन्ने सरहरू पनि काममा जुटेका छन् । पुलिस दाइहरू समेत डण्डा लिएर एक कुनामा खडा छन् । मेरी आमा पनि लाइनमा उभिनुभएको छ । कारण सोध्दा भन्नुहुन्छ– “तूँ वात नई बुझैछी । बडका आदमीसभ भोट खसेते । तोहोर दादा अध्यक्ष पदमे निर्वाचित भरहल अछि ।”२
मेरो कलिलो दिमाखमा कुरा नघुसे पनि प्रहरी दाइ आफ्ना सहकर्मीसँग भन्दै थिए– “सरकारी स्कुलमा माष्टर त राजनीति गर्थे, गर्थे अब अभिभावक पनि व्यवस्था समिति निर्वाचनको नाममा राजनीति गरिरहेका छन् । हामी मूकदर्शक भएर निर्वाचित हुन सहयोग गरिरहेका छौं । राजनीतिलाई प्रश्रय दिन वाध्य छौं ।”
अब भने कुरा बुझ्न मैले अरूलाई सोध्नु परेन ।
गरिमा आचार्य
कक्षा–६
श्री महावीर मावि, विषहरिया–४, सप्तरी, नेपाल ।
नोट– यहाँ प्रयुक्त मैथिली भाषाका वाक्यको नेपाली अनुवाद–
१. “तिमीहरू पढ न, किन दिमाख खान्छौ ?”
२.”तिमीहरू कुरा बुझ्दैनौ । ठूला मान्छेहरू भोट खसाउँछन् । तेरा हजुरबुबा अध्यक्ष पदमा निर्वाचित भइरहनुभएको छ ।”

बेटा तिमीलाइ धेरै धेरै
बेटा तिमीलाइ धेरै धेरै धन्यवाद । यसै गरी अागामी दिनमा अरु अरु सामग्रीहरु पनि मझेरीमा हाल्ने गर है । तिमीलाइ धेरै धेरै बधाइ ।
प्रस्तुति र लेखनशैली राम्रो छ
प्रस्तुति र लेखनशैली राम्रो छ छोरीको । बाबाकै पथमा लम्कने लक्षण देख्न सकिन्छ । प्रगतिको शुभकामना !