Skip to content


जेथाको नाममा तिम्रो माया छ
आफ्नो भन्नु तिम्रो छाँया छ
मेरो साहस, उर्जा हौ र त
तिमीमा नै मेरो काया छ ।।१।।

सुन्दर कविताको धनि
स्वच्छ विचार बनि
वहि दियौ इन्द्रावति झै
मेरो जीवनमा पनि ।।२।।

भावनाको मुल हौ
सृजनाको फूल हौ
पिडाको नदि तर्ने
तिमी मेरो पुल हौ ।।३।।

उमेरले पाका हौ
व्यवहारले काचा हौ
मुख फोरेर भने भने
दिलको डाका हौ ।।४।।

1 thought on “चार मुक्तक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *