Skip to content

तिमी जिन्दगीमा


तिमी जिन्दगीमा सधैँ नै रमाऊ
सधैँ गीत मीठा तिमी गुन्गुनाऊ ।

नयाँ बाग चुन्दै नयाँ बीज रोप्दै
तिमी पुष्पका पत्रमा दिल सजाऊ ।

म चाहन्न तिम्रा खुसी खोस्नलाई
सधैँ हर्षमा मात्र आँशु बगाऊ ।

म हाँसेर प्यूँला तिमीले पिलाए
बिषै होस कि अमृत तिमी मुस्कुराउ ।

म भुल्थेँ र कैले तिमी जिन्दगी हौ
भुले पाप लाग्ला सधैँ यो बुझाऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *