Skip to content

बाबुको बूढ्यौलीसँग जवानी साट्ने छोरा

अगेनाको अगाडि घिऊ राख्यो भने पग्लिन्छ भने जस्तै मानव जाति जतिनै विद्वान हओस् ऊ भोग विलासबाट टाढा हुन सक्दैन । काम/वासनामा ग्रस्त मानिसहरू यतिसम्म ग्रस्त हुन्छन् कि तिनीहरूको कामनालाई पुरा गर्न नत धन, दौलत या स्त्रीले सक्दैनन् । हामीले हाम्रा ठूला ठूला धर्म ग्रन्थहरुको अध्ययन गर्न सक्छौ । महाभारत र रामायणका ती अहम् लीला पढन सक्छौं । ती सबैका कारणहरूमा एउटा कारण भनेको स्त्री नै हो भन्न सकिन्छ । त्यसो हुँदा हाम्रा धर्म ग्रन्थबाट के जानकारी प्राप्त गर्न सकिन्छ कि हाम्रा इन्द्रिय यति बलवान छन् । ठूला ठूला ऋषि–मुनि तथा विद्वानहरुलाई पनि विचलित पार्दछन् र सहजै बसमा ल्याउँछन् । त्यसो हुँदा जुनसुकै स्त्रीबाट टाढा रहनु पर्दछ भन्ने धारणालाई बिलासी संसारबाट मानिसले मुक्ति पाउन साह्रै कठिन छ ।

एक जना बिलासी जीवन बिताएका पौराणिक कालका राजा ययातिले आफ्नी श्रमिती देवयानीलाई राखेका थिए । ती ययाति राजा नहुषका छोरा थिए । उनका दाजुको नाम यति थियो भने भाइहरूमा संयाति, आयति, वियति र कृति थिए । राजा नहुषले आफ्नो राज्य सञ्चालनको भार यतिलाई दिन चाहान्थे । यतिले राज्यसञ्चालनको भार स्वीकारेनन् । राज्यसञ्चालनमा हुने विविध खाले परिणाम र राजाहरूले गर्ने गरेका कुकर्महरू, भोगविलासका कर्महरूको उनले घृणा गर्दथे । उनले आफ्नै बाबु नहुषले इन्द्रकी पत्नी शचीसँग सहवास गर्ने प्रयत्न गर्दा ब्रहमणहरूको श्रापले गर्दा स्वर्गको राजाको इन्द्रपदबाट अजिङ्गगरको रूपमा झर्न परेको थियो । बाबुको यो परिणतिको साथै राज्य सञ्चालन कर्ताले हरेक किसिमका दाउपेच, राज्यसञ्चालनमा गरिने विविध व्यवस्थापनमा राजाले जो मानव जीवनको अमूल्यरत्न भनेको आत्मस्वरूप हो । त्यसलाई नै भूलेको हुन्छ भन्ने उनको धारणा थियो । यसरी दाजुले राज्य नस्वीकारेपछि ययाति राजा बने ।

ययाति राजा बनेपछि एकदिन शिकार खेल्न वनमा जाँदा उनलाई तिर्खा लाग्यो र एउटा इनारमा पानी खान गए । इनारमा उनले एक जना नाङ्गी सुन्दर युवतीलाई देखे र आफ्नो साथमा भएको ओढ्ने कपडा(उपर्ना) दिएर इनारबाट बाहिर निकाली दिए । देवयानीले राजालाई सारा घटना सुनाउँदै, आफ्नो विवाह राजासँग गर्ने धारणा राखिन् ।

ब्राह्मणपुत्री भए पनि बृहस्पति गुरुका छोरा कचले उनलाई ब्राह्मण कुमारसँग विवाह नहोस् भन्ने श्राप दिएको हुँदा ययातिले विवाह गर्न मिल्ने कुरा पनि राखेर ययतिले उनको विवाहको प्रस्ताप स्वीकारे । यसपछि घरमा गएर राजधानीको सुन्दर बगैंचा जसमा सुन्दर सरोवर, अनि त्यो सरोवरमा देवयानी र दानवराज बृषपर्वाकी छोरी शर्मिष्ठा लगायत सखीहरूले नाङ्गै स्नान गर्दा, महादेव पार्वतीको साथमा आगमन भएकोले हतारमा कपडा लाउँदा उनको कपडा शर्मिष्ठाले भुलबस लगाएकोले दुबैको बीचमा झगडा भएकोले, शर्मिष्ठाले उनलाई नाङ्गी बनाएर इनारमा खसालेको र अपशब्द बोलेको कुरा देवयानीले आफ्नो बाबु शुक्रचार्यलाई बताइन् । शुक्रचार्य पनि साह्रै विरक्त भएर छोरीलाई लिएर, त्यो ठाउँ छाडेर अन्यत्र जान लाग्दा बृषपर्वा आएर यहाँबाट अन्यत्र नजानको लागि आग्रह गरे । ऋषिले पनि छोरी देवयानीले मागेको कुरा पूर्ण गरिदिएमा राज्य नछोड्ने धारण राखे । देवयानीले पनि राजाको कुरा सुने पछि ‘मैले जो कोहीसँग विवाह गरे पनि शर्मिष्ठाले आफ्ना सहेली सहित मेरो सेवामा दाखिला होउन् भन्ने’ शर्त राखिन् । राजा बृषपर्वाले यो स्वीकार गरे ।

देवयानीको विवाह ययातिसँग भयो । ऋषिले विवाह गर्दा राजालाई शर्मिष्ठासँग कहिल्यै सम्पर्क नबढाउनु समेत भनेर पठाए । शर्मिष्ठा पनि देवयानीको सेवामा सहेली सहित त्यहीं पुगिन् । यसै क्रममा शर्मिष्ठाले देवयानीको सेवारत रहँदा रहँदै एक दिन राजासँग पुत्रप्राप्तिको लागि रितुदान मागिन् । राजा ययातिले ऋषिको कुरा जान्दा जान्दै पनि शर्मिष्ठाको आग्रंह धर्मसङ्गत भएकोले रितुदान दिन स्वीकारे र शर्मिष्ठालाई रितुदान दिए ।

यो कुरा देवयानीलाई थाहा लाग्यो र उनी आफ्ना बाबु भएको ठाउँमा जान लागिन् । राजा ययातिले धेर सम्झाए तर उनले कुनै कुरा सुन्न चाहिनन् । सारा कुरा देवयानीले आफ्नो बाबुलाई भनिन् । ऋषि पनि साह्रै रिसाएर राजालाई बूढो भैजा भनी श्राप दिए । राजाले अझै भोगविलासमा रम्ने धारणा राखे ।

यो श्रापले राजामात्र नभएर देवयानीलाई पनि अपठ्यारो पर्ने भएकोले श्राप फिर्ता लिन आग्रह गर्दा ऋषिले राजालाई “जाऊ, कसैले बैंस दिन्छ भने साटेर लेऊ र रमण गर” भनेर पठाए ।

राजा ययातिले सर्बप्रथम जेठा छोरा यदुसँग जवानी साट्न चाहे । तर यदुले “बैराग्य आउनको लागि पनि मानिसले विषय सुख प्राप्त गर्नु पर्छ । त्यसो हुँदा बैंश साट्न नसक्ने” जवाफ दिए ।

यसरीनै राजाले तुर्बसु, द्रुह्यमु र अनुलाई पनि आफ्नो जिज्ञासा राखे । यी सबै छोराले राजाको बूढौलीसँग जवानी साट्न चाहेनन् ।

अन्तिममा राजाले सबै भन्दा सानो छोरा पुरुलाई आफ्नो यथार्थता प्रङष्ट्याए । पुरु विद्वान थिए, उनलाई धर्मतत्वको बारेमा थाहा थियो । पुरुलाई यो शरीर भनेको नाशवान हो, यदि पिताको दया रहेमा छोराले परमपद प्राप्त गर्न सक्छ भन्ने ज्ञान थियो । पुरुले यो पनि जान्दथे कि पुत्रको शरीर पिताबाटै प्राप्त भएको हो । आदि विचारहरुलाई केलाउँदै पुरुले पिताको धारणालाई पालन गर्ने तथा नगर्ने पुत्रको बर्गीकरण पनि श्रीमद्भागवतमा पुरुले ययातिलाई भनेका छन् –‘उत्तम पुत्र त त्यो हुन्छ जसले पिताले भन्नु अगावै बुझेर गर्दछ, ।पिताले भनेपछि गर्ने पुत्र मध्यम हुन्छ । पिताको आज्ञा पाए पछि अश्रद्धाले पालन गर्ने पुत्र अधम हो । पिताको कुरालाई कुनै प्रकारले पनि मान्दैन भने त्यस व्यक्तिलाई छोरो भन्नुनै भूल हो । त्यो त पिताको मलमूत्र हो ।’

पुरुले यति भन्दै आफ्नो जवानी बाबुको बूढ्यौली सँग साट्न सहस्र स्वीकारे । ययातिले छोराको जवानीलाई प्रयोग गरेर विषयभोगमा रम्म थाले । ययातिले, सातै द्वीपहरूमा एकक्षत्र राज गर्दै, एकहजार बर्षसम्म विषयभोगमा रम्दा पनि उनमा तृप्ति हुन सकेन ।

(यो कथा श्रीमद्भागवत कथामा आधारित छ)

सदानन्द अभागी

2 thoughts on “बाबुको बूढ्यौलीसँग जवानी साट्ने छोरा”

  1. पाैराणिक कथा राम्रो छ तर
    पाैराणिक कथा राम्रो छ तर भाषागत अशुद्धिहरूले गर्दा दाँतमा ढुङ्गा लागे झैँ भयो ।

  2. आफ्नो जवानी बाबुको बूढ्यौली सँग साट्न सहस्र स्व
    kuro ta mananiya lagyo

Leave a Reply

Your email address will not be published. Required fields are marked *