Skip to content


पर्दाभित्र
हिलोमा फुलेर
हिलोमै कुहिन बाध्य
कमलको फूल हुनसक्छ ।

पर्दाभित्र
कुरूप मसिहाको
सुन्दर लास हुन सक्छ
देवदूतको
कुरूप लास पनि हुनसक्छ ।

पर्दाभित्र
आत्मघाती
न्युटन बम
हाईड्रोजन बम
अथवा
अक्शिजन बम
पनि हुन सक्छ ।

सत्य, असत्य
आदि ईत्यादी
जे सुकै होस् ।

पर्दाभित्र
मानव सभ्यताको लासमा
मलामीले छर्ने
बुकी फूलको
अस्थी पंजर हुन सक्छ
अथवा
मानव सभ्यताको
क्रूर अट्टहास पनि हुन सक्छ ।

जनाना पर्दाभन्दा
मर्दाना पर्दा
अँझै खतरनाक हुन सक्छ ।
सबै पर्दा धारी आतङ्ककारी नहोलान
तर
सबै आतङ्ककारी
पर्दाधारी हुन सक्छ ।

मानव सभ्यता बचाउने हो भने
मानवता, न्याय र समानता चाहने हो भने
पर्दा च्यातिनु पर्छ
समाज पारदर्शी हुनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *