Skip to content

कन्हाँ खोजौँ देश !

image

हामी त भात खोज्दै छौं
देश अब कन्हा छ र ?
राज्य ! ,सर्कार ! कन्हा छ र ?
ताता बालुवाको काख
चिसो सिरैटो , भै रहेछ लाख
मान्छे लाश भयर फर्कन्छौं
मान्छे उठीबास भयर फर्कन्छौँ
मान्छे अपाङ ! अग्यान , भयर फर्कन्छौं
मान्छे बल्तकारीको हात बाट फर्कन्छौं
कत्ती कोठी र ,भान्सा चौका बाट फर्कन्छौं
बुझायर सारा हुर्मत ,बैंस
हामी केबल ,घर फर्किन्छौं
कन्हा छ देश
काँस र कान्ला
बन्जर भुमी र काइते राज्निती
कन्हा छ न्याय?

सुडकेश भित्र कैद छ अचेल
बस्ती मुर्दा बनेको छ
हालेर चिता मा हामी स्रमिक
सरकार निदाउछ
बिधायीका निंदाउछन
कर्मचारी ! देश को गरेर घात निदाउछन
सुर्क्षा कर्मी हरु ,कमिसन्तन्त्रमा डुबी रहेछन्
अब खोजौ
कनँहा देश
देश घुस मा
देश् भ्रष्टाचारमा
लुटीयको अस्तित्वमा देश !
बाच्ने अधिकार बाट बन्चीत देश
किन खोजौं देश !
कन्हाँ खोजौँ देश !

Leave a Reply

Your email address will not be published. Required fields are marked *