Skip to content

कोहलपुरमा साहित्यिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न


१९ फागुन, २०७१
कोहलपुर

समालोचक तथा अनुवादक महेश पौड्याल र गायक तथा गीतकार हेमन्त विवशसँग कोहलपुरका स्रष्टाहरूले साहित्यिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

पश्चिमा साहित्यमा प्रयोग गरिदै आएका विम्ब, प्रतिक तथा मिथकहरूलाई समेट्न सके मात्र रचना वर्षौसम्म बाँच्न सक्ने समालोचक पौड्यालले बताए । करिब ३००भन्दा बढी देउडा र डोटेली गीत लेखेका विवशले केही देउडाहरू गाएर सुनाएका थिए । अनौपचारिक रुपमा कवितामा नेपाल खोज्ने उद्देश्यका साथ आफूहरू पश्चिम यात्रामा आएका उनीहरूले बताएका छन् । कोहलपुर पश्चिमको खुला द्वार भएकाले साहित्यमा पनि अगाडि बढेको र अहिले केन्द्रबाट पनि चासोको रुपमा आफूहरूले लिएको समेत उनीहरूले बताए ।

आफूहरू कवितामा नेपाल खोज्दै मध्ये तथा सुदूरपश्चिमका केही जिल्लाहरूमा जाने क्रममा कोहलपुरका स्रष्टाहरूसँग अन्र्तक्रियामा आएको उनीहरूले बताएका थिए । सो कार्यक्रममा लेखक सागर गैरे, शंकर अशान्त, जित बहादुर त्यागी, पुष्कर रिजाल, कपिल अञ्जान, मणि गैरे, बद्रि ढकाल, विक्रम शिशिर, हुकुम धड्कन, देवेन्द्र आचार्य लगायतको उपस्थितिरहेको थियो ।

मध्यपश्चिमलाई साहित्यको गन्तव्य बनाउने उद्देश्यका साथ हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले यस्ता विविध कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । योभन्दा अघि साहित्यकार भिष्म उप्रेतीसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *