नेपाली हामी स्वच्छ मन सहयोगी छ भावना
मिलेर गरौं हामीले दैवीप्रकोपको सामना
आफ्नै देशको आँगनमा रोइरहेछन् नेपाली
देखाउँ मिलेर घरमा सुन्दर शान्त कल्पना
बल, बुद्धि र जोश जाँगर स्वदेशमा भिजाउँ
हेर त हामी उहिँ छौ कहाँ पुग्यो जमना
मठ, मन्दिर घर भत्केर सडकको बास छ
गरौं घरमा बसेर देश विकासको कामना
भृक’टी, सिता, ब’द्ध सगरमाथाको शिरमा
नेपाली फूल फूलाई छरौं घरमा वासना
धन्यवाद
वसन्त मोहन अधिकारी
चितवन नेपाल
