Skip to content

दोबाटो भो जिन्दगी


यता हेरौं उता राम्रो, उता हेरौं यता
दोबाटो भो जिन्दगी, यता जाउँ कि उता ?

बिकासका लहर यता, ठुलठुला कुरा
न त गन्ध माटो को छ, न त खोला ढुङ्गा

खेलौं भने धुस्रे माटो, आफ्नु पाइदैन
बोलौं भने आफ्ना कुरा, अरु जान्दैन्

जिन्दगीको धर हो कि, परें मझधार
खानु लाउनु ठुलो होइन, माटो अपरम्पार

गन्ध खोज्छु माटाको, मायाप्रीति पाटा
सम्झी ल्याउदा रती छैन् मायालुका भाखा

मेसिनको जिन्दगी यो, रसायनिक खाना
खाई बस्नु भन्दा, मिठा लाग्ने, आफ्नै तीनै बाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *