Skip to content

छैनौ प्रिय, जग रित्तो लाग्छ !


छैनौ प्रिय, जग रित्तो लाग्छ
सम्झना त छाती ! यो निचोर्छ
गरी बाधा हरायौ तिमी
यो मुटु घरी घरी मलाई नै पचार्छ !

दिएर मिठा बचन्, ती अमूल्य
अंरित सरी थियो, राग अतुल्य
रोम रोम साथ बसी, हँसायौ
आज छेडी यो मन, किन रुवायौ

न लेख्छु भन्छु बेदना म फोई
झर्छ आँशु ! मन रोई, रोई
मुस्काई आउ तिमी त ! मन्को छहारी
प्राण हौ सपना ? म्रिदुभाव प्यारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *