Skip to content

ओठहरू फर्फराए जबबाट


ओठहरू फर्फराए जबबाट तैले
ख्याल गरी हेरी रा’थे तबबाट मैले ।

पूरै म विश्वस्थ थेँ तिमी भन्न सक्तिनौ
आँखाबाट निवेदनको भाव पोख्न सक्तिनौ ।
जीव्रो चल्न थाल्या छैन बुझेँ मैले भाव तिम्रो
कतिकति माना मुरी चाहना छ खात तिम्रो ।

इसाराले इसारालाई इसारानै गर्छ यहाँ
मनले मनको भावलाई मनैमहाँ पढ्छ यहाँ ।
गोडाहरू लर्खराए जबबाट तैले
आँखा तिम्रा हेरी रा’थेँ तबबाट मैले ।

पेशल आचार्य
उपप्राध्यापक, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली, रामेछाप ।
(रचनाः २०६५ पुस २९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *