खिसी गर्छ्यौ होली तिम्ले गीत मेरो सुनेपछि
उधारेर फाल्छ्यौ होली मेरो मुटु भेटेपछि ।
दिनुलाई केही छैन तिमीलाई ममा आज
आँखाबाटै भित्र पस भित्र हृदयमा गर राज ।
कठैबरा भनिदेऊ लाखलाख हुन्छ, यहाँ
मलिन भा’को मनलाई त्यसैले नै धुन्छ, यहाँ ।
बिन्ती गर्छु हात जोडी तिम्ले खा’को कसम
जुटाएर सर्दाम बरु घरजम गरी बसम ।
माया भन्नु संसारैमा सबैभन्दा माथि
जुराउँने समय र दैव रै’छन् साथी ।
पेशल आचार्य
उपप्राध्यापक, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली, रामेछाप ।
(रचनाः २०६५ माघ १)
