Skip to content

कति ज्याद्रो रहेछ यो मायाँ

कुनै त्यो पर्खालले छेकेन
तरबारहरुले टुक्रा टुक्रा पार्यो
कहिल्यै त्यसले चेत्दै चेतेन
आघातहरु मुटुबाट चोइटिए
त्यसको पिडा समेत त्यसले देखेन
अनि त त्यसले
ठुला ठुला पर्खालहरु ढालेर
सिमा बन्धनहरू त्यागेर
झोपडी भनेन जात भनेन
आंधीहरु तुफानहरु चट्यांगहरु
भेल बाढी परवाहनै गरेन
कति ज्याद्रो रहेछ यो मायाँ

बा ले हकार्दा टेरेन
आमाले सम्झाउदा मानेन
सखिले फ़काउदा फर्केन
तिरस्कारका रछ्यानहरु लांघेर
निरन्तर रोकिएन आफ्नु गन्तव्यमा
बाटो छेक्नेहरुले छेकी रहे
घांटी रेट्नेहरुले रेटीरहे
कुनै मृत्यु यसले टेरेन
कति ज्याद्रो रहेछ यो मायाँ

कहिले कहीं घुर्काएर
भेट्दै भेट्दिन भन्दा पनि मानेन
साच्चै रिसाएर छोड्दा पनि
बिछोडिन यसले जानेन
इश्वर मान्छे पशु पन्छी
हे दैव कति ज्याद्रो रहेछ यो मायाँ

गोलीहरु वर्षीरहे
अभेद्य एकोहोरियो मन
कतै केहि देख्दै देखेन
बिर्सिएर यो संसार लम्की रह्यो
कहिँ कतै यो लुकेन कुदी रह्यो
कहिल्यै किन यो झुकेन
मृत्युवरण गर्न बरु चुकेन
यो कहिल्यै लुकेन
कति ज्याद्रो रहेछ यो मायाँ

उमेर सोधेन रुप खोजेन
सुन चांदी मागेन धन सोधेन
भोक प्यास निराहार रह्यो
रगत संग जीवन साट्यो
खोइ यसले टेर्दै टेरेन
कस्तो ज्याद्रो रहेछ यो मायाँ

प्रेमको पूजा थालीमा फूलपाती संगै
कहीं यसले कतै केहि भाकेन
मनहरुको मुट्ठी कसेर
अजेय गुञ्जन संगै
सदैव मर्दा संगै मर्यो
बाच्दा संगै जियो
हास्दा संगै हाँस्यो
रुँदा संगै रोयो
कति ज्याद्रो रहेछ यो मायाँ

समयको हुरीले उड़ायो कति पटक
निरंकुसताको डोरीले पाता फर्कायो
बोल्न दिएन त्यो अढाई अक्षर पनि
पात जस्तो भएर पनि उडाएन आँधीले
नबोलेर पनि जिती रह्यो ति मन हरु
कस्तो दृढता कत्रो विश्वास
कति ज्याद्रो रहेछ यो माया

जिउदै गाडियो कत्ति पटक
ढुंगा बर्साएर मारियो धेरै पटक
लाठी मुंग्रीले रगताम्मे बनाएर
ऐया भनेन भिख मागेन जीवनको
कत्रो अहमता
कति ज्याद्रो रहेछ यो मायाँ

खोइ खोलामा बगाउदा बगेन
भिर बाट फ्याक्दा खसेन
आगोका मुश्लाहरुमा
ह्वाळ व्हालती जलेर पनि
त्यो डढेको खरानी पनि
त्यो हराउदै हराएन त्यो मरेन
आँशुहरु संग हाँसो साट्यो
कहिले चिट्ठीहरु भएर आयो
कहिले गीत हरुमा सरगम भएर नाच्यो
नत मर्यो मारेर नत कहिल्यै हार्यो
कस्तो ज्याद्रो रहेछ यो मायाँ !!
==================
क्यालिफोर्निया

Leave a Reply

Your email address will not be published. Required fields are marked *