Skip to content


न काखमा हुन्छौ
न आँखामा
न मुटुमा बस्छौ
न हृदयमा
कसरी भनौ माया

शिर चढी बोल्छौ
मन तोडी हिड्छौ
मनपरी गर्छौ
कसरी भनुँ माया ?

हात,छैन दीने
माथ छैन सोच्ने
बगर बन्छ
धुलो धुलो
जतन छैन भर्ने
कसरी भनु माया

न सबक को पाठ भो
न सुकोमल बात भो
न त्यो सुहाग
रात थियो
कसरी भनुँ
म माया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *