Skip to content


जिन्दगी
खोला हुन सक्थ्यो अबिरल बग्ने
मैले खोलाहरूमा खोजे
त्यहा जिन्दगी बग्थ्यो
कहिले साङ्लो कहिले धमिलो ।

जिन्दगी
फूलको कथा हुन सक्थ्यो
कोपिला फक्रिएर
ढकमक्क फूलेपछि
ओइली झर्ने भुईमा !
मैले फूलहरूमा जिन्दगी खोजे
त्यहा जिन्दगी फुल्थ्यो, ओइलिन्थ्यो
भुईमा झरी जान्थ्यो ।

जिन्दगी
जून-घामको कथा जस्तो हुन सक्थ्यो
उदाए पछि अस्ताउनै पर्ने
मैले जून-घामहरूमा जिन्दगी खोजी हेरे
त्यहा जिन्दगी उदाउथ्यो, अस्ताउथ्यो ।

हो जिन्दगी
बग्छ खोला जस्तै
ओइली झर्छ फूल जस्तै

अस्ताई जान्छ जून-घाम जस्तै ।

@@@@@@@@@@@@@
बिरनो देशबाट
२० मार्च २०१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *