Skip to content
PradeepWalachan


दुखिरहने घाउ पनि छोप्दै हिंड्नु पर्ने
बलिरहने आगो पनि निल्दै बाँच्नु पर्ने
नेपालीले सच्चा नेपालीले

जित्नु कि त बलिदान सच्चा जीवन हुन्छ
हारी झुकी उसकै जय जय जिउदै मर्नुहुन्छ
मेरो भाषा भेष चलन माटो मेरो होइन
सजाई दिउँ झैं मुटु माझ हक मेरो छैन
नेपालीले सच्चा नेपालीले

स्वाभिमानी भै लड आत्मसम्मान पाउन
सही विचार आत्मनिर्भर भै देश जित्न
हेर्दै बाँच्न कति गार्हो आक्रोसले मन जलाई
टिस्टा सतलज मेरो भन्दै लडौं लाग्छ मलाई
नेपाली हौँ वीर नेपाली हौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *