कर्म बीरलाई दमन किन गर्यो समाजले?
ठुलो सानो बिभाजन किन गर्यो समाजले?
यै शृष्टिको सुजना हुन् सबैको छ उस्तै हक
समाजबाटै निष्काशन किन गर्यो समाजले?
भेदभाव र कुप्रथाको जिम्मेवारी कस्ले लिने?
लाज मर्दो नैतिक पतन किन गर्यो समाजले ।
काटी हेरे रगत रातै सुन खाने कोही छैनन्
रुढीवादी रुखो चलन किन गर्यो समाजले?
आऊ युवा विभेदको जरैसम्म पुगी खोजौं
संघारभित्र यो अड्चन किन गर्यो समाजले?
गुप्तेश्वर-३, रामेछाप
हाल:अलऐन, युएई
©घायल
१५/०४/२०१५ बुधबार ।
