Skip to content


जाल गरियो झेल गरियो सरकारबाट
पटकपटक रुप बदलियो सरकारबाट

नियम बाँधियो शान्ति र संविधानको
फेरि त्यही नियम कुल्चियो सरकारबाट

समस्यै समस्याको विचबाट आज एउटा
सुकुम्बासी समस्या बल्झियो सरकारबाट

भोलिको आशामा हजारौं टुहुरा भए
टुहुराकै खुसी चुँडियो सरकारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *