के हो जिन्दगी हाम्रो आशा साँचेर राख्नुछ
निराशा बीचमा टेकी माया पालेर बाँच्नुछ
बिउँझन्छन् स्मृतिका खाटा भाग्दै टाढा गए पनि
माटो पच्छ्याउने आफ्नै आँसुभित्र डुबे पनि।
सुख–सम्पत्तिका निम्ति लोभी मन उडे पनि
पञ्चतत्व कुरी बस्छे आफ्नै अंश भनी–भनी
सुस्केरा बिउँझी उम्लिन्छन् थुन्दै भित्र थिचे पनि
तैरिन्छन् कँणमा वायु उड्दै उड्दै गए पनि।
बिर्सिन्छौं भोलि नै आज आजै आज भइदिए
लोभी मान्छे कता पुग्थ्यो धर्म कर्म नभै दिए
आसुरी मन जागेर बलिसामु नआइ दिए
तानिदै दण्डको पासो बाँध्ने काल नरै दिए।
आत्माको सत्यता छोप्न दुष्पयास गरे पनि
कुकृत्यहरू साँचेर मास्छुमित्र भने पनि
मान्छे, आखिर मान्छे हो सधैं भाग्छ कसो गरी
सहारा उसकै हुन्छ कालकूट लुके पनि।
परदेश पुगी लाउरे बाहिरी धाक गरे पनि
विदेशी झुक्छ माटोले शिर ठाडो गरे पनि
पेचिलो पीर बोकेर बाँच्ने जीवन पद्धति
हो, यथार्थ भनी आत्मा पत्याउन्न कसैगरी।
ओखलढुंगा, रामपुरटार