१)
यो अनिकालमा गहुको पिठो चारो छ
आउँछ हल्लाउछ खुशी साच्न गार्हो छ
तिमी सेल्फी खिचेर टहल्छौ रोज मित्र!
दिन नलागोस् पालमुनि बाच्न सार्हो छ।
२)
खुशीको नेपालीको धरा ढल्यो
प्राप्तिको शन्तानको सरा ढ्ल्यो
देश असाध्यै दुखेको छ यो बेला
हाम्रो ऐतिहासिक धरहरा ढल्यो।
३)
आशा र भरोसाको साइत खुल्नुपर्छ
पाखुरी र विचारमा हिम्मत डुल्नुपर्छ
भूकम्प सधै आउदैन हौ नेपाली मन!
अब ओठमा खुशीको गुराँस फुल्नुपर्छ।
४)
आफ्नोभन्दा अरुकै धेर भर पर्छौ
यसो गरे उसो गरे भाषण धेरै गर्छौ
भूकम्प गा’को महिना भयो महाशय!
पीडितलाई राहत कति दिनमा भर्छौ?
अस्तु:
@ विवेक दुलाल क्षेत्री “दमक”
दमक,झापा
हाल : अबुधाबी, यू ए ई
