Skip to content

म त्यो सुन्दर देशको मान्छे


फाँट फुलेर ढकमक्क हुन्छ
म हिमाल हास्ने देशको मान्छे
झुल्के घामको हिमालसँगै
म पहाड झुल्ने देशको मान्छे

पानीको कलकल बगिरहन्छ
म निर्जलिकरणको देशको मान्छे
सुन्दर त्यो धर्ती बलिरहन्छ
टुकी बाल्न तेल नभएको देशको मान्छे

संजीवनी र अमरलता फुलिरहन्छन
म दबाई नपाएर मर्ने देशको मान्छे
रगत बगिरहन्छ पसिना माथि
म रोगमा रगत नपाउने देशको मान्छे

अन्न भूमि त्यो फल्छन अन्न नानाथरी
म अनिकाल सजिएको देशको मान्छे
भेडा पालेर हिमालमा उनको थुप्रोसँगै
म जाडोमा कक्रिने अभावको मान्छे

माटो सगुनको साटेर परदेशिएको
म त्यो सुन्दर देशको मान्छे
मनहरू छोडेर मुन्ग्लान को गड्तीरतिर
सम्झनाका आँशुहरू बगिरहने देशको मान्छे

कुरिलो फापर अनि कोदो फल्ने देश छोडेर
म जाँगर बेचेर परदेशिएको मान्छे
अभावनै अभावहरूमा मरुभूमि साट्दै छु
म त्यो हराभरा अनि सुन्दर देशको मान्छे

तीज २०७१
srdhakal

Leave a Reply

Your email address will not be published. Required fields are marked *